नेपाल इटाली उद्योग वाणिज्य संघद्धारा नवनिर्वाचित सांसद बसुमाया तामाङलाई बधाई तथा सम्मान
काठमाडौं। नेपाल इटाली उद्योग वाणिज्य संघले अध्यक्ष संजय अग्रवालको नेतृत्वमा तथा बोर्ड सदस्यहरूको उपस्थितिमा, सांसद पदमा निर्वाचित भएकी बसु माया तामाङको सम्मानमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको थियो ।
तामाङ, संघकी एक सम्मानित सदस्य हुन्, व्यवसायिक, समुदाय तथा सामाजिक विकासमा उनी समर्पण, नेतृत्व र सक्रिय योगदानका लागि चिनिने संघले जनाएकाे छ। उनी निर्वाचित हुनु सार्वजनिक सेवा तथा समावेशी विकासप्रति निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब भउकाे संघकाे ठहर छ।
यस अवसरमा, संघले तामाङलाई हार्दिक बधाई व्यक्त गर्दै उनले आफ्नो नयाँ भूमिकामा अर्थपूर्ण योगदान पु¥याउनुहुनेछ भन्ने विश्वास व्यक्त गरेको छ ।













