१२ दिने भक्तपुर औद्योगिक महोत्सव सम्पन्न, ८० लाखको कारोबार भएको अनुमान - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

१२ दिने भक्तपुर औद्योगिक महोत्सव सम्पन्न, ८० लाखको कारोबार भएको अनुमान



भक्तपुर । नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना भएको ‘१०ौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’सोमबार राति सम्पन्न भएको छ । महोत्सवमा करिब ८० लाखको व्यापार भएको जनाइएको छ ।

औद्योगिक शान्ति नेपाल संस्थाले गत चैत २६ गतेदेखि सञ्चालन गरेको १२ दिने महोत्सवमा एक लाख ३० हजारभन्दा बढी दर्शक तथा उपभोक्ताले अवलोकन गरेका बताउँदै करिब रु ८० लाखभन्दा बढीको व्यापार गरी महोत्सव सम्पन्न भएको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

महोत्सवमा एकै छानामुनि दैनिक उपभोग्य सामग्री र विभिन्न सामान पाउने भएपछि १८० वटा स्टलमा दैनिक उपभोक्ताको घुइाचो लागेको थियो भने दैनिक राष्ट्रिय कलाकारबाट हुने सांस्कृतिक कार्यक्रमले राति ९:०० बजेसम्म हजारौँ दर्शकको अवलोकनका लागि घुइाचो लाग्ने गरेको आयोजनकले जनाएको छ ।

महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, औद्योगिक उत्पादन, काष्ठकला, माटाका भाँडा, स्थानीय घरेलु उत्पादन, सूचना तथा विज्ञान प्रबिधि, अटोमोबाइल, विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी तथा बिक्री लागि राखिएको उहाँले जानकारी दिए ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा राखिएको ‘लन्डन ब्रिज’ मा फोटो तथा भिडियो खिच्नेहरूको भीड देखिन्थ्यो भने बालबालिकादेखि यवायुवतीसम्म बाल उद्यान, रोटेपिङ, ड्रागन ट्रेन, नाउ तथा बच्चाका विभिन्न प्रकारको खेलौना र विभिन्न प्रकारका खानामा उपभोक्ताको त्यत्तिकै भीड देखिन्थ्यो ।


प्रतिक्रिया दिनुहोस्