मञ्जुश्री फाइनान्सको नाफा २८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा साढे ३० करोडमाथि - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

मञ्जुश्री फाइनान्सको नाफा २८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा साढे ३० करोडमाथि



काठमाडाैं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ।

फाइनान्सले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको पहिलो ९ महिनामा फाइनान्सले १७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर २१ रुपैयाँ ६० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २० पैसा रहेको छ।

यस्तै चैत मसान्तसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी १०.२४ प्रतिशत बढेर ६८ कराेड ४७ लाख ७२ हजार रूपैयाँ पुगेकाे छ भने खुद फि तथा कमिशन आम्दानी २.९५ प्रतिशत बढेर ९ कराेड २ लाख ४५ हजार रूपैयाँ पुगेकाे छ।

त्यसैगरी, यस अवधिमा फाइनान्सको कुल सञ्चालन आम्दानी १०.१५ प्रतिशतले बढेर ८० कराेड ३ लाख १४ हजार र सञ्चालन मुनाफा १०.२९ प्रतिशत बढेर ३२ कराेड ३३ लाख ३९ हजार रूपैयाँ पुगेकाे छ।

फाइनान्सको इम्पेरमेन्ट चार्ज भने समीक्षा अवधिमा १४ करोड ५४ लाख रुपैयाँबाट घटेर ११ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।

चैत मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ३० करोड ५४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १३ पैसा रहेको छ।


प्रतिक्रिया दिनुहोस्