गृहमन्त्री सुधन गुरूङले दिए राजिनामा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

गृहमन्त्री सुधन गुरूङले दिए राजिनामा



काठमाडाैं । गृहमन्त्री सुधन गुरूङले राजिनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर काराेबार गरेकाे आरोप लागेका गुरुङले बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाइ भेटेर राजिनामा बुझाएका हुन्।

त्यसपश्चात उनले फेसबुकबाट राजिनामा बारे जानकारी गराएका छन् । रामराज्यको चहना राख्नेहरुले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ भन्दै उनले जनविश्वास भन्दा ठूलाे शक्ति नहुने भन्दै पदभन्दा ठूलाे कुरा नैतिकता भएकाे बताएका छन् ।

‘आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो ‘उनले भनेका छन्, ‘त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फिल्ट अफ इन्ट्रेस्ट नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु ।’


प्रतिक्रिया दिनुहोस्