नयाँ वर्ष २०८३ मा डिशहोमद्वारा आईएसपी र डीटीएच सेवामा केन्द्रित विभिन्न वार्षिक अफरहरू सार्वजनिक - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नयाँ वर्ष २०८३ मा डिशहोमद्वारा आईएसपी र डीटीएच सेवामा केन्द्रित विभिन्न वार्षिक अफरहरू सार्वजनिक



काठमाडैं । नेपालको टेलिकम तथा डिजिटल सेवा क्षेत्रमा सक्रिय डिशहोमले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना इन्टरनेट सर्भिस (आईएसपी) तथा डाइरेक्ट-टु-हेम (डीटीएच) सेवामा केन्द्रित विभिन्न वार्षिक अफरहरू सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार पछिल्लो समय बढ्दो सञ्चालन खर्च, सामग्री लागत, तथा पूर्वाधार विस्तारका कारण मूल्य संरचनामा सामान्य समायोजन गरिएको भए पनि ग्राहकलाई थप मूल्य दिन बोनस-आधारित योजनाहरू ल्याइएको हो।

यो योजना विशेषगरी वार्षिक रिन्यूअल बढाउने, उच्च गतिको इन्टरनेटमा ग्राहक आकर्षित गर्ने, तथा निष्क्रिय ग्राहकलाई पुनः सक्रिय बनाउने उद्देश्यले ल्याइएको बताइएको छ।

आईएसपी विद्यमान ग्राहक अफर (वार्षिक रिन्यूअल)

डिशहोम फाइबरनेटका विद्यमान ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा आकर्षक बोनस प्राप्त गर्नेछन् । ५० Mbps प्याकेजको वार्षिक रिन्यूअलमा १५ दिन बोनस दिइएको छ भने १००, २०० र ३०० एमबीपीएस प्याकेजहरूमा ६० दिनको बोनस उपलब्ध छ।

यदि ग्राहकले सेवा बन्द हुनुभन्दा १५ दिन अगाडि नै रिचार्ज (प्रि-डिस्कनेक्शन बोनस) गरेमा थप ३० दिन बोनस थपिनेछ । यसरी १०० Mbps वा सोभन्दा माथिको प्याकेजमा दुवै सर्त लागू हुँदा ग्राहकले कुल ९० दिनसम्मको बोनस प्राप्त गर्न सक्नेछन् ।

आईएसपी चर्न कन्भर्सन (निष्क्रिय ग्राहक) अफर ३० दिनभन्दा बढी समयदेखि सेवा बन्द भएका निष्क्रिय ग्राहकहरूलाई पुनः सक्रिय गराउन कम्पनीले विशेष योजना ल्याएको छ । यस्ता ग्राहकले ५०, १००, २०० वा ३०० एमबीपीएसको वार्षिक प्याकेज पुनः रिचार्ज गर्दा ९० दिनको बोनस प्राप्त गर्नेछन् ।

साथै, यस्ता ग्राहकका लागि ‘ड्रपवायर’ तथा ‘रिलोकेशन’ शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ । तर, यो अफर अन्य योजनाहरूसँग मिसाएर प्रयोग गर्न पाइने छैन ।

आईएसपी नयाँ जडान अफर

नयाँ इन्टरनेट जडान गर्ने ग्राहकहरूका लागि कम्पनीले उच्च गतिको इन्टरनेटलाई प्रोत्साहन गर्ने नीति लिएको छ । यस अन्तर्गत २०० एमबीपीएस वा सोभन्दा माथिको वार्षिक प्याकेज जडान गर्ने नयाँ ग्राहकले २ महिनाको अतिरिक्त बोनस पाउनेछन्, अर्थात् १२ महिनाको शुल्कमा १४ महिना सेवा उपभोग गर्न पाउनेछन् । यो योजना २०८३ वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म लागू हुनेछ।

डीटीएच वार्षिक रिचार्ज अफर

डिशहोम डीटीएचका नियमित तथा निष्क्रिय ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा २ महिनाको बोनस प्राप्त गर्नेछन् ।

यदि प्रि-डिस्कनेक्शन ग्राहकले १५ दिनभित्रै रिचार्ज गरेमा थप १ महिना बोनस पाउनेछन्, जसले गर्दा अधिकतम बोनस अवधि ३ महिना पुग्नेछ ।

यो अफर केवल ‘इयरली मल्टी टीभी प्याकेज’ मा मात्र लागू हुनेछ भने मासिक, ३-महिना र ६-महिनाका योजनाहरूमा कुनै परिवर्तन गरिएको छैन । यससँगै पुराना ‘स्पीन अफर’ र ‘६१-दिने चर्न स्किम’ हरू पूर्ण रूपमा हटाइएका छन् ।

साझा सर्तहरू र समयसीमा

यी सबै अफरहरू केवल वार्षिक योजनाहरूमा मात्र लागू हुनेछन् र फण्ड वा अनलाइन दुवै माध्यमबाट रिचार्ज गर्दा मान्य हुनेछन् ।

यदि ग्राहकले सेवा रद्द गरी रिफण्ड मागेमा बोनस अवधि समायोजन गरिनेछ । आईएसपी रिचार्ज अफर २०८२ चैत्र २० देखि २०८३ वैशाख १५ सम्म रहनेछ भने डीटीएच अफर २०८३ वैशाख १ देखि असार ३२ गतेसम्म सञ्चालन हुनेछ । कम्पनीले यी नयाँ योजनाहरू मार्फत पुराना सबै बोनस सुविधाहरूलाई प्रतिस्थापन गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्