उमेर हदका कारण अनिवार्य अवकाशमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उमेर हदका कारण अनिवार्य अवकाशमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी



नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक डा. नवराज अधिकारी आफ्नो सेवा अवधि पूरा गरी बिदा भएका छन्। ५८ वर्षे उमेर हदका कारण उनले बिहीबारबाट अनिवार्य अवकाश पाएका हुन्।

वि.सं. २०५६ सालमा धितोपत्र बोर्डको सेवामा प्रवेश गरेका अधिकारीले तीन वर्षअघि मात्रै कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए। सेबोनको नियमावली अनुसार कार्यकारी निर्देशकको कार्यकाल ५ वर्षको हुने भए पनि उमेर हद बाधक बनेपछि उनले आफ्नो पूरा अवधि पदमा रहेर काम गर्न पाएनन्।

बोर्डको नेतृत्वका लागि समेत आकांक्षी रहेका अधिकारी सेबोनको अध्यक्ष छनोट प्रक्रियामा उत्कृष्ट तीनको सिफारिसमा पर्न सफल भएका थिए। यद्यपि, तत्कालीन सरकारले २०८१ मंसिरमा सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गरेको थियो।

नियुक्तिको छोटो समयमै अध्यक्ष श्रेष्ठले गत वैशाख ४ गते आफ्नो पदबाट राजीनामा दिइसकेका छन्। कार्यकारी निर्देशक अधिकारीलाई सेबोनका कर्मचारीहरूले एक कार्यक्रमका बीच औपचारिक रूपमा बिदाइ गरेका छन्।


प्रतिक्रिया दिनुहोस्