यी हुन् मन्त्रिपरिषद्का तीन निर्णयः भन्सार नियमावली २०८३ स्वीकृतदेखि सुरक्षण मुद्रण केन्द्रको कार्यक्षेत्र विस्तारसम्म - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

यी हुन् मन्त्रिपरिषद्का तीन निर्णयः भन्सार नियमावली २०८३ स्वीकृतदेखि सुरक्षण मुद्रण केन्द्रको कार्यक्षेत्र विस्तारसम्म



काठमाडौं । सरकारले ‘भन्सार नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावलीलाई स्वीकृत गर्ने महत्वपूर्ण निर्णय गरेको हो।

बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले नयाँ नियमावलीले भन्सार प्रशासनलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।

यस्तै बैठकले सशस्त्र प्रहरी बल नेपालको रिक्त रहेको महानिरीक्षक (आईजीपी) पदमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

रक्षण मुद्रण केन्द्रका सम्बन्धमा पनि मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गरेको छ। सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्न सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेकाे हाे ।

यस सम्बन्धी आधिकारिक सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत भएको मन्त्री पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्