सिद्धार्थ बैंकको नाफा र सञ्चालन मुनाफा दुवै बढ्यो, कति छ लाभांश बाँड्ने क्षमता ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिद्धार्थ बैंकको नाफा र सञ्चालन मुनाफा दुवै बढ्यो, कति छ लाभांश बाँड्ने क्षमता ?



काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा सिद्धार्थ बैंक लिमिटेडको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।

बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा २२.३९ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ५ करोड ६७ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६८ करोड २ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१५ प्रतिशतले बढेर ६ अर्ब ४८ करोड ३९ लाख ३९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी ६ अर्ब ३४ करोड ८९ लाख ३९ हजार रुपैयाँ थियो।

यस्तै बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.८४ प्रतिशतले बढेर ८ अर्ब ८३ करोड २३ लाख ७२ हजार रुपैयाँ पुगेको छ। साथै, सञ्चालन मुनाफा पनि २२.४२ प्रतिशतले बढेर २ अर्ब ९० करोड ९४ लाख ३२ हजार रुपैयाँ पुगेको छ।

यता खुद फि तथा कमिशन आम्दानी ७.७६ प्रतिशतले बढेर १ अर्ब ४० करोड ९५ लाख ३० हजार रुपैयाँ पुगेको छ।

यस्तै समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८३ करोड ६९ लाख २५ हजार रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३६ पैसा (वार्षिकीकरण नगर्दा) रहेको छ।

बैंकको इम्पेरमेन्ट चार्ज भने २ अर्ब २१ करोड ६४ लाख ५४ हजार रुपैयाँबाट घटेर २ अर्ब ३ करोड ५४ लाख ८७ हजार रुपैयाँमा झरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि सुधार आएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ३९ पैसाले बढेर १७ रुपैयाँ ६२ पैसा पुगेको छ।

यस्तै यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात २२.२५ गुणा रहेको छ।

१८ अर्ब २९ करोड ४४ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब ४३ करोड २ लाख १३ हजार रुपैयाँ सञ्चित छ। बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ३ खर्ब ६६ अर्ब ४८ करोड ४९ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३ अर्ब ८८ करोड ११ लाख ४७ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।


प्रतिक्रिया दिनुहोस्