लक्ष्मी सन्राइज बैंकको नाफा २३.३७ प्रतिशतले बढ्यो, ९ महिनामै २ अर्ब माथि आर्जन
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा लक्ष्मी सन्राइज बैंक लिमिटेडको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।
बैंकले सार्वजनिक गरेको ९ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २३.३७ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ३ करोड ८१ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६५ करोड २१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.२९ प्रतिशतले घटेर ७ अर्ब ८७ करोड ६२ लाख ७९ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ७ अर्ब ८९ करोड ३५ लाख ७३ हजार रुपैयाँ थियो। यद्यपि, बैंकको सञ्चालन मुनाफा भने २४.४४ प्रतिशतले बढेर २ अर्ब ९५ करोड ९ लाख १६ हजार रुपैयाँ पुगेको छ।
यता बैंकको खुद फि तथा कमिशन आम्दानी १३.४८ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ७३ लाख ९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ५३ करोड ८ लाख ६ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ११ करोड ४५ लाख ७१ हजार रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १ रुपैयाँ ९३ पैसा (वार्षिकीकरण नगर्दा) रहेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब १ करोड रुपैयाँबाट घटेर १ अर्ब ४६ करोड १० लाख रुपैयाँमा झरेको छ, जसले नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ १० पैसाले बढेर १० रुपैयाँ १५ पैसा कायम भएको छ। यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ०८ पैसा र मूल्य आम्दानी अनुपात २१.२४ गुणा रहेको छ।
हाल २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १९ अर्ब ५८ करोड ९८ लाख ३० हजार रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा ३ खर्ब २ अर्ब ९६ करोड ६४ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २ अर्ब ९६ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको खराब कर्जा भने १.३९ प्रतिशतबाट बढेर १.३९ प्रतिशत कायम भएको छ।













