आर्थिक वृद्धिदर ३.८५ प्रतिशत मात्र हुने प्रक्षेपण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आर्थिक वृद्धिदर ३.८५ प्रतिशत मात्र हुने प्रक्षेपण



काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

कार्यालयले चालु वर्षको ६ देखि ८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानलाई आधार मानेर यो विवरण तयार पारेको हो । यस प्रक्षेपण अनुसार यो वर्ष नेपालको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा केही कमी आउने देखिएको छ । अघिल्लो आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको थियो भने अर्थतन्त्रको कुल आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ कायम भएको थियो । यसरी तथ्यांकलाई हेर्दा गत वर्षको तुलनामा यस वर्ष वृद्धिदर करिब ०.७६ प्रतिशतले खुम्चिने देखिएको छ ।

यसबाहेक, राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकले मुलुकको प्रतिव्यक्ति आयमा भने उल्लेखनीय सुधार नदेखिएको संकेत गरेको छ । अर्थतन्त्रका विभिन्न सूचकहरूको विश्लेषण गर्दा वृद्धिदरमा केही सुस्तता देखिए पनि समग्र अर्थतन्त्रको आकारमा भने विस्तार भइरहेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्