राष्ट्रिय वाणिज्य बैंक एनसीएचएलबीच प्रिन्सिपल मेम्ब सम्झौ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

राष्ट्रिय वाणिज्य बैंक एनसीएचएलबीच प्रिन्सिपल मेम्ब सम्झौ



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र एनसीएचएलबीच NPS-NCS तथा Domestic Card Scheme (नेपालपे कार्र्ड) को प्रिन्सिपल मेम्बरका लागि सम्झौता भएको छ । एक औपचारिक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द« रमन खनाल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त सम्झौतापत्र आदानप्रदान गरिएको हो ।

उक्त सम्झौता पश्चात्, NPS-NCS  मा बैंकको स्वीच इन्टिग्रेसन सम्पन्न भइसकेपछि आफ्नो ग्राहकहरुका लागि नेपालपे कार्ड जारी गर्न तथा NEPALPAY को कारोबार एक्सेप्ट गर्न सक्नेछ । हालसम्म NPS-NCS  मा अन्य ३४ वटा बैंक वित्तीय संस्थाहरु प्रिन्सिपल मेम्बरको रुपमा आवद्ध भइसकेका छन्, जसमध्ये ५ वटा बैंक वित्तीय संस्थाहरुले लाइभ अपरेसन शुरु गरिसकेका छन् ।

एनसीएचएलले हालै NEPALPAY Card को व्यवसायिक रोलआउट शुरु गरिसकेको छ र अन्तराष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै, RUPAY Card लगायत अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।

NPS-NCS लाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना भएको हो । उक्त प्रणालीले गर्दा डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित हुने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । NPS-NCS र NEPALPAY Card को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

नेपालका अग्रणी बैंकहरु मध्येको एक राष्ट्रिय वाणिज्य बैंकले देश भरी रहेका ३१४ वटा शाखा, ७१ विस्तारित काउन्टर तथा ३३२ एटीएम टर्मिनल, २००९ भन्दा बढि पीओएस टर्मिनल तथा ९९ वटा शाखारहित बैंकिङ्ग मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्