तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक आंशिक अवरुद्ध - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक आंशिक अवरुद्ध



काठमाडाैं । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला र पानीधारा क्षेत्रमा वर्षासँगै खसेको ढुङ्गासहितको पहिरोले सवारी आवागमनमा बाधा पुर्‍याएको छ।

आज बिहान ५ः४५ बजे मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्ने तुइन खोलामा पहिरो खसेपछि व्यस्त सडक दुईतर्फी चल्न सकेको छैन। अहिले सो स्थानमा सडक एकतर्फी मात्र सञ्चालनमा रहेकाले सवारी साधनहरूको लामो लाइन लाग्न थालेको छ।

अवरुद्ध सडकलाई पूर्ण रूपमा सुचारु गर्न डिभिजन सडक कार्यालय भरतपुरसँगको समन्वयमा डोजर परिचालन गरी पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको छ।

यता पानीधारा क्षेत्रमा खसेका ढुङ्गाहरू भने सुरक्षाकर्मी र सडक कामदारको टोलीले हटाइसकेका छन्, जसका कारण त्यहाँको अवरोध हटेको छ। तुइन खोलाको पहिरो पन्छाएर छिट्टै यातायातलाई सहज बनाउने प्रयास जारी रहेको प्रहरीले जनाएकाे छ।


प्रतिक्रिया दिनुहोस्