डेढ महिनामै खाेसियाे सुशीला कार्कीले नियुक्त गरेका राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष श्रेष्ठकाे पद
काठमाडाैं । राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्श कुमार श्रेष्ठ पदमुक्त भएका छन् । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त नियुक्त गरेका श्रेष्ठ डेढ महिनामै पदमुक्त भएका हुन् ।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारले नयाँ अध्यादेश ल्याएपछि अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू खारेज हुने क्रममा श्रेष्ठको पद पनि खुस्किएको हो।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३‘ जारी गरेसँगै श्रेष्ठसहित १५९४ जना पदाधिकारीहरू एकैपटक पदमुक्त भएका छन्।
यस निर्णयसँगै प्रकृति संरक्षण कोषका अध्यक्ष र सदस्यसहित १५ जनाको जिम्मेवारी खोसिएको छ।
कार्की प्रधानमन्त्री रहेका बेला गत चैतमा आफ्नै स्वकीय सचिव श्रेष्ठलाई पाँच वर्षका लागि प्रकृति संरक्षण कोषको अध्यक्ष पदमा मनोनीत गरेकी थिइन्।













