सद्धार्थ इक्विटी फण्ड–२ को इकाई बिक्री सुरु
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतको नयाँ योजना “सिद्धार्थ इक्विटी फण्ड–२“ को इकाई बिक्री आजदेखि सार्वजनिक रूपमा खुला गरिएको छ ।
सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको यस फण्डको कुल १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो ।
लगानीकर्ताले प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि “मेरो शेयर“ वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत वैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।













