आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी भण्डारीलाई
काठमाडाैं । आन्तरिक राजश्व विभागको महानिर्देशक पदको जिम्मेवारी सोही कार्यालयका सहसचिव श्यामप्रसाद भण्डारीलाई दिइएको छ।
विभागकाे अन्तःशुल्क तथा अनुसन्धान महाशाखा प्रमुखका रूपमा कार्यरत रहेका भण्डारीलाई अर्थ मन्त्रालयले निमित्त महानिर्देशकको जिम्मेवारी तोकेको हाे ।
वैशाख १० गतेकाे मन्त्रिपरिषद बैठककले मदन दाहाललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएपछि विभागको महानिर्देशक पद रिक्त थियो।













