३१ आश्विन २०८३, शनिबार

महासंघको निवाृचन सकियो, मतगणना ८ बजेबाट हुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार ८ बजेबाट मतगणना कार्य सुरु हुने भएको छ ।

महासंघको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेल र निर्वाचन अधिकृत सुमन निरौला रहेका छन् ।

महासंघको राजनीतिमा हेमराज ढकाल र शिवप्रसाद घिमिरेका दुई प्यानल स्पष्ट रूपमा आमनेसामने भएका छन् । यी दुई प्यानलबीचको प्रतिस्पर्धाले चुनावी माहौललाई निकै तताएको छ ।