महासंघको निर्वाचन: बस्तुगतमा ढकाल पक्ष उपाध्यक्षमा श्रेष्ठ र शर्मा विजयी, एसाेसिएटमा अन्जन टिमकाे वर्चस्व - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

महासंघको निर्वाचन: बस्तुगतमा ढकाल पक्ष उपाध्यक्षमा श्रेष्ठ र शर्मा विजयी, एसाेसिएटमा अन्जन टिमकाे वर्चस्व



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको अधिकांश नतिजा सार्वजनिक भएको छ । मंगलबार भएको मतदानको अन्तिम परिणामअनुसार वस्तुगत, जिल्ला नगर र एसोसिएयटतर्फका महत्वपूर्ण पदहरूको फैसला भएको हो ।

महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गरे । श्रेष्ठले ६३ मत प्राप्त गर्दा घिमिरेले ६० मतमा चित्त बुझाए ।

त्यसैगरी, जिल्ला नगर उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । शर्माले ८७ र श्रेष्ठले ८० मत प्राप्त गरी प्यानलकै जित सुनिश्चित गरे। यस विधामा उम्मेदवारी दिएका उमेश डालमिया र कल्पना गैह्रै भने पराजित भए ।

एसोसिएट सदस्यतर्फको १७ सिटका लागि भएको निर्वाचनमा सचिन ढकाल १३१८ मतसहित पहिलो स्थानमा निर्वाचित भएका छन् । अन्य विजयी हुनेहरूमा हेमन्त गोल्छा (१२०२), अम्बिका प्रसाद पौडेल (११८३), उज्ज्वल कुमार श्रेष्ठ (११४६), र शक्ति कुमार बेगानी (११४२) रहेका छन् ।

यस्तै ऋषि अग्रवाल, राजेश कुमार अग्रवाल, सुयस प्याकुरेल, सुशील थापा, रामशरण भण्डारी, बाबु काजी कार्की, दिवश न्यौपाने, प्रियराज रेग्मी, ईश्वर बहादुर जि.सी., सुरज उप्रेती, कृष्ण लाल महर्जन र डा. रामशरण थपलियाले पनि कार्यसमितिमा स्थान पक्का गरेका छन् ।

जिल्ला नगर खुल्ला सदस्यतर्फ १५ जना विजयी भएका छन् । विजयी हुनेहरूमा अर्जुन कुमार श्रेष्ठ (११० मत), प्रयास कार्की (१११), लक्ष्मण राज पौडेल (१०४), र छ्त्रधर आत्रेय (१०४) सहित कृष्ण कटुवाल, मोहन प्रसाद श्रेष्ठ, सन्तोष खड्का, दिपक नेपाल, केशव प्रसाद भण्डारी, गोकुल श्रेष्ठ, हरि प्रसाद अर्याल, तारा बहादुर कार्की, शंकर गिरी, उज्ज्वल प्रसाद कसजु र सुदर्शन कार्की रहेका छन् । यसै विधाबाट महिला सदस्यमा गीता अमात्य र हीरा भट्टराई निर्वाचित भएका छन् ।

वस्तुगत सदस्यतर्फ १३ जना निर्वाचित भएका छन्। जसमा ७० मतसहित अरनिको राजभण्डारी शीर्ष स्थानमा रहे । अन्य विजयी सदस्यहरूमा विदुर धमला, सागर ढकाल, रविन पुरी, राजकुमार कार्की, पशुपति देव पाण्डे, लिलेन्द्र प्रधान, भक्त बहादुर हमाल, नानिराज घिमिरे, संघर्ष विष्ट र होम प्रसाद घिमिरे छन् । वस्तुगतकै महिला सदस्यमा सुनिता न्हेम्हाफुकी ५४ मतका साथ विजयी भइन्। उनले प्रतिद्वन्द्वी कमला श्रेष्ठलाई पराजित गरिन् ।

बराबरी मतपछि गोलाप्रथाको तयारी
वस्तुगत सदस्यतर्फ रोचक मोड तब देखियो जब ४ जना उम्मेदवारको मत बराबर भयो । सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउनेले समान ५०–५० मत प्राप्त गरेपछि अब चिठा (गोलाप्रथा) प्रणालीबाट दुई जना भाग्यमानी सदस्यको घोषणा गरिने भएको छ ।

अन्य विधामा, द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल ५ मतका साथ विजयी भएका छन् भने वस्तुगत महासंघतर्फ सुनयना घिमिरे र विश्वनाथ खनालले जित हासिल गरेका छन् । महासंघको यो निर्वाचनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वको खाका स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस्