नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशककाे जिम्मेवारी दीर्घायु श्रेष्ठले पाएका छन्।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।

निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउनुअघि श्रेष्ठ प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। अनुभवी प्राविधिक कर्मचारीका रूपमा चिनिने उनलाई प्राधिकरणको दैनिक कार्यसम्पादन र प्रशासनिक नेतृत्व अघि बढाउने गरी नयाँ जिम्मेवारी दिइएको हो।

यसअघि प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा हितेन्द्र देव शाक्य कार्यरत थिए। तर, सरकारले हालै जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बमोजिम शाक्य स्वतः पदमुक्त भएका थिए। सोही अध्यादेशको प्रावधानका कारण शाक्य बाहिरिएपछि रिक्त रहेको पदमा श्रेष्ठको नियुक्ति भएको हो।


प्रतिक्रिया दिनुहोस्