आज बागमती प्रदेशमा सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्थाहरू बन्द - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज बागमती प्रदेशमा सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्थाहरू बन्द



काठमाडौं । बागमती प्रदेश सरकारले आज वैशाख २४ गते सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

प्रदेशको राजपत्रको खण्ड ९ स‌ख्या ०९ प्रदेश राजपत्र भाग ३ मिति २०८२/१२/२३ गते प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

बिदाका कारण आज बागमती प्रदेशका १३ वटै जिल्लामा रहेका सरकारी कार्यालयहरू पूर्ण रूपमा बन्द रहनेछन्। सरकारी कार्यालयका साथै बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी समेत आजका लागि स्थगित गरिएको छ।

यो बिदा बागमती प्रदेश भित्रका जिल्लाहरूमा मात्र लागू हुने भएकाले अन्य प्रदेशका कार्यालय र सेवाहरू भने साविक बमोजिम नै सञ्चालन हुनेछन्।


प्रतिक्रिया दिनुहोस्