१६ युरोपेली देशसँग श्रम सम्झौताको तयारी छौँ : श्रम मन्त्री रामजी यादव - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

१६ युरोपेली देशसँग श्रम सम्झौताको तयारी छौँ : श्रम मन्त्री रामजी यादव



काठमाडौं । नेपाल सरकारले १६ वटा युरोपेली मुलुकसँग नयाँ श्रम सम्झौता गर्ने प्रक्रियालाई तीव्रता दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले बताएका छन् ।

मन्त्री यादवका अनुसार यी देशहरूसँग द्विपक्षीय श्रम सम्झौताका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल सुरु गरिएको हो । मन्त्रालयले प्रत्यक्ष पहल गर्दा प्रतिक्रिया आउन ढिलाइ भएपछि परराष्ट्र मन्त्रालयको सहयोग लिइएको यादवले बताए ।

हालसम्म नेपालले जम्मा १३ वटा देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको भए तापनि विश्वका १७८ देशमा नेपाली श्रमिकहरू कार्यरत रहेका छन् । वैदेशिक रोजगारीका नाममा हुने आर्थिक ठगी र श्रम शोषणलाई कडाइका साथ नियन्त्रण गर्ने प्रयास भइरहेको मन्त्री यादवले बताए ।

साथै, ४८ प्रतिशत श्रमिकहरूले व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेको र महिला घरेलु श्रमिकहरू अवैधानिक बाटोबाट विदेश जाँदा समस्या पर्ने गरेको भन्दै सरकारले स्थानीय तहमा नै रोजगारी सिर्जना गर्ने गरी विभिन्न योजनाहरू अघि सारेको छ ।


प्रतिक्रिया दिनुहोस्