९ महिनामा नेको इन्स्योरेन्सको नाफा १६ करोड ३९ लाख, बीमा कोष ५ अर्ब १३ करोड पुग्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेको इन्स्योरेन्सले १६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
अघिल्लाे आर्थिक वर्षको यसै अवधिकाे तुलनामा याे नाफा ५५.६१ प्रतिशतले घटेको हाे । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीले मंगलबार सार्वजनिक गरेकाे अपरिष्कृत वित्तीय विवरणले यस्ताे देखाएकाे हाे ।
समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब १२ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको चैतसम्म कम्पनीले २ अर्ब १६ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क १.६४ प्रतिशतले घटेको छ।
कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब २२ करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १ अर्ब २२ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ०.०७ प्रतिशतले घटेको छ।
यता साउनदेखि चैत मसान्तसम्म ९ महिनाकाे अवधिमा नेको इन्स्योरेन्सकाे बीमा कोषको आकार ४५.१४ प्रतिशतले बढेको छ। चैतसम्म कम्पनीको बीमा कोषमा ५ अर्ब १३ करोड ६७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमा कोषमा ३ अर्ब ५३ करोड ९१ लाख रुपैयाँ रहेको थियो।
चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १७.७४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २४.४७ रुपैयाँ थियो। पीई रेसियो ३६.०७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २२३.११ रुपैयाँ रहेको छ।
चुक्तापुँजी २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्ममा शेयर प्रिमियममा ११ करोड १७ लाख रुपैयाँ, स्पेसल रिर्जभमा २ अर्ब ३४ करोड ४६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १७ करोड २ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३७ करोड रुपैयाँ र अन्य इक्विटीमा ४१ करोड ६२ लाख रुपैयाँ रहेको छ।
















