काठमाडौंमा हिरो मोटोकर्पका दुई नयाँ अत्याधुनिक शोरुम उद्घाटन
काठमाडौँ । नेपालको दुई पाङ्ग्रे सवारी साधनको बजारमा विश्वासिलो नामका रूपमा स्थापित हिरो मोटोकर्प नेपालले काठमाडौँको बानेश्वर र सीतापाइलामा आफ्ना नयाँ आधिकारिक विक्रेताका अत्याधुनिक शोरुमहरूको औपचारिक उद्घाटन सम्पन्न गरेको छ।
हिरोको निर्धारित मापदण्डअनुसार तयार पारिएका यी शोरुमहरूको उद्घाटन कार्यक्रममा हिरो मोटोकर्प भारतका एसिया व्यवसाय प्रमुख, सीजी मोटर्स प्रालिका व्यवसाय प्रमुख, मार्केटिङ प्रमुखसहित स्थानीय व्यवसायी, ग्राहक र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नयाँ शोरुम सञ्चालनमा आएसँगै ग्राहकहरूले हिरोका नवीनतम् प्रविधि जडित मोटरसाइकल तथा स्कुटरका विभिन्न मोडलहरू एउटै छानोमुनि अवलोकन र खरिद गर्न सक्नेछन्।
बिक्रीका अतिरिक्त यी केन्द्रहरूबाट आधुनिक बिक्रीपछिको सेवा, जेनुइन स्पेयर्स पार्ट्स, सरल फाइनान्स सुविधा र दक्ष प्राविधिकहरू मार्फत गुणस्तरीय सर्भिसिङको सुविधा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै विक्रेता प्रतिनिधिहरूले ग्राहकको अटुट विश्वास नै आफ्नो सबैभन्दा ठूलो उपलब्धि भएको बताउँदै नयाँ शोरुममार्फत अझ उत्कृष्ट सेवा र आधुनिक सुविधा प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको व्यक्त गरे।
उद्घाटनको विशेष अवसरमा नयाँ बाइक तथा स्कुटरको प्रदर्शनका साथै टेस्ट राइड, सञ्चालन अफर, विभिन्न आकर्षक उपहार, क्यास ब्याक योजना र पुरानो सवारीसँग नयाँ साट्न पाइने एक्सचेन्ज अफरहरूको समेत राम्रो व्यवस्था गरिएको थियो।
नेपाली बजारमा गुणस्तरीय, भरपर्दो र इन्धन किफायती सवारी साधन उपलब्ध गराउँदै आएको हिरो मोटोकर्पले नयाँ शोरुमहरूको विस्तारसँगै ग्राहकहरूको पहुँच अझ सहज र फराकिलो हुने विश्वास लिएको छ।













