इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई सिआईबीले बयानकाे लागि बाेलायाे - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई सिआईबीले बयानकाे लागि बाेलायाे



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान विभागले बयानकाे लागि बाेलाएकाे हाे ।

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामा अनियमितता भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लेसीईओ पाण्डेलाई बुधबार बिहान बयानकाे लागि लगेकाे स्राेतले बताएकाे छ ।

सरकारलाई करिब ७ अर्ब रुपैयाँ राजस्व बुझाउन बाँकी रहेको स्मार्ट टेलिकमको उपकरण तथा सम्पत्ति बैंकले गत असोजमा ४ अर्ब ६० करोड रुपैयाँमा एनसेललाई बिक्री गरेको थियो। यो लिलामी प्रक्रियामा सरकारी राजस्वलाई वेवास्ता गरी बैंक र निजी कम्पनीबीच मिलेमतो भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो।

बैंकले २०८२ साउनमा ऋणी सर्वेश जोशीको नाममा ३५ दिने सूचना निकालेको थियो भने जोशीको मन्जुरीनामापछि असोज ३ मा १५ दिने लिलामी सूचना प्रकाशित गरी सम्पत्ति बिक्री गरेको थियो। यस प्रकरणमा पूर्व सञ्चारमन्त्री एवं रास्वपा सांसद जगदीश खरेलको नाम समेत जोडिएपछि सीआईबीले सूक्ष्म अनुसन्धान थालेको छ।


प्रतिक्रिया दिनुहोस्