हिमालयन रिइन्स्योरेन्सलाई नयाँ व्यवसायमा रोक - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमालयन रिइन्स्योरेन्सलाई नयाँ व्यवसायमा रोक



काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडमाथि कडा कदम चाल्दै चालू आर्थिक वर्षको अन्त्यसम्मका लागि नयाँ पुनर्बीमा व्यवसाय सञ्चालन गर्न निषेध गरेको छ।

प्राधिकरणको वैशाख २९ गतेको निर्णयअनुसार उक्त कम्पनीले अब आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कुनै पनि नयाँ व्यवसाय लिन पाउने छैन। प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३६ (१) मा रहेको अधिकार प्रयोग गर्दै यो रोक लगाएको हो।

के गर्न पाइनेछ, के पाइने छैन?

प्राधिकरणको निर्देशन अनुसार कम्पनीले निम्न सीमाभित्र रहेर मात्र कार्य गर्नुपर्नेछ:

नयाँ व्यवसाय: नयाँ पुनर्बीमा सम्झौताहरू गर्न पूर्ण रूपमा रोक।

पुरानो दायित्व: यसअघि नै भइसकेका व्यवसायहरूको दाबी भुक्तानी गर्न भने कुनै बाधा पर्ने छैन।

रेट्रोसेसन: पुराना व्यवसायसँग सम्बन्धित ‘रेट्रोसेसन’ (पुनर्बीमाको पनि बीमा) का कार्यहरू जारी राख्न सकिनेछ।

प्राधिकरणले बीमा ऐनको दफा १३६ को उपदफा (४) अनुसार सार्वजनिक सूचना जारी गर्दै सबै सरोकारवालाहरूलाई यसबारे सूचित गराइसकेको छ।

बिहीवार गोरखापत्रमा प्रकाशित सूचना यस्तो छ :

उक्त सूचनामा ‘कोट’ गरिएको ऐनको व्यवस्था यस्तो छ :


प्रतिक्रिया दिनुहोस्