आज पनि नीति तथा कार्यक्रममा छलफल, प्रधानमन्त्री बालेनको जवाफ अनिश्चित - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आज पनि नीति तथा कार्यक्रममा छलफल, प्रधानमन्त्री बालेनको जवाफ अनिश्चित



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दैछ ।

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । तर, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भने संसद्मा उठेका प्रश्नको जवाफ दिने वा नदिने भन्ने विषयमा भने अनिश्चित जस्तै बनेको छ । यो समाचार तयार पर्दासम्ममा प्रधानमन्त्री कार्यालयबाट बालेनले सदनमा जवाफ दिने वा नदिने भन्ने विषयमा कुनै पनि जानकारी आएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । त्यसमा प्रतिपक्षले विभिन्न प्रश्न उठाएका थिए । जसको जवाफ प्रधानमन्त्री बालेनले दिनुपर्ने प्रतिपक्षले माग राखेका थिए । तर प्रधानमन्त्रीले भने उठेका प्रश्नको आफूले जवाफ नदिएर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिन लगाएका थिए । 

प्रधानमन्त्री जवाफ दिन नआएको भन्दै प्रतिपक्षले बुधवार सांसदमै प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । 

सोही विषयको विवाद बढेपछि सदनको बुधवारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो  । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्माणार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ । 

त्यसै गरी, राष्ट्रियसभाको बैठक पनि ११:१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।


प्रतिक्रिया दिनुहोस्