नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम



काठमाडाैं । नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधि (रिटेल पल्स ड्युरेसन) मा परिमार्जन गरिएको छ ।

यस अनुसार अब विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरुमा इन्टरनेसनल एक्सेस कोड ००/१४२४/१४२५/१४४५ को प्रयोग गरी वहिर्गमन कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुनेछ ।

दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट मिति २०८२।११।०१ को निर्णयानुसार प्राप्त स्वीकृति बमोजिम ५८ देशहरुमा कल गर्दा उक्त पल्स दर कायम गरिएको हो । नयाँ पल्स दर भोलि अर्थात २०८३ जेठ १ देखि लागु हुनेछ ।

यस अनुसार अब अङगुइला, अल्जेरिया, अमेरिकन समोआ, अजरबैजान, बहामास, बेनिन, ब्राजिल, ब्रुनाई, चीन, कोमोरस, कुक आइल्यान्ड, डिएगो गार्सिया, इस्ट टिमोर, इथियोपिया, फिजी, फ्रेन्च पोलिनेसिया, गुआम, गिनी, गिनी–बिसाउ, हैटी, भारत, इन्डोनेसिया, आइभोरी कोस्ट, किरिबाटी, लेसोथो, लाइबेरिया, मकाउ, माल्दिभ्स, माली, मेक्सिको, माइक्रोनेसिया, मोजाम्बिक र म्यानम्यारमा कल गर्दा ६० सेकेन्डको पल्स दर लागु हुनेछ ।

त्यसैगरी नाउरु, न्यु क्यालेडोनिया, न्युजिल्यान्ड, नाइजेरिया, निउ, पलाउ, पनामा, पपुआ न्युगिनी, समोआ, साउदी अरेबिया, सिंगापुर, सोलोमन आइल्यान्ड, साउथ अफ्रिका, साउथ कोरिया, श्रीलंका, सुडान, सुरिनाम, थाइल्यान्ड, टोगो, टोकेलाउ, टोङगा, टर्की, टुभालु, भानुआतु र भियतनाममा कल गर्दा समेत ६० सेकेन्डको पल्स दर लागु हुनेछ ।

नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरुमा कल गर्नका लागि विभिन्न एक्सेस कोडको व्यवस्था गरेको छ । कल गर्नका लागि सुरुमा एक्सेस कोड र त्यसपछि कन्ट्री कोड पश्चात सेवा प्रदायकको नम्बर डायल गर्नु पर्छ ।


प्रतिक्रिया दिनुहोस्