बैंक सिईओ पाण्डेलाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको निर्देशन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बैंक सिईओ पाण्डेलाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको निर्देशन



काठमाडाैं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ ज्योती प्रकाश पाण्डेको पक्राउबारे सरकारसँग लिखित जवाफ माग गरेको छ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले पाण्डेलाई किन थुनामुक्त नगर्ने भन्ने विषयमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको हो।

पाण्डेलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी श्रीमती निरु दाहालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सरकारलाई जवाफ पेश गर्न निर्देशन दिएको हो।

स्मार्ट सेल कम्पनीको सम्पत्ति लिलामी प्रक्रियामा ‘अपराधिक विश्वासघात’ गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाण्डेलाई गत बुधबार काठमाडौंबाट पक्राउ गरेको थियो। सिईओ पाण्डेसहित अन्य केही व्यक्तिहरूमाथि पनि स्मार्ट सेलको सम्पत्ति व्यवस्थापनमा अनियमितता गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस्