पाथीभरा एक महिनामा १ करोड ५ लाख भेटी संकलन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पाथीभरा एक महिनामा १ करोड ५ लाख भेटी संकलन



ताप्लेजुङ । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ ।

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्