एसएसएफले अब जग्गा किन्न पनि ऋण दिने, डेढ वर्षमै कर्जा पाइने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एसएसएफले अब जग्गा किन्न पनि ऋण दिने, डेढ वर्षमै कर्जा पाइने



काठमाडौँ । अबदेखि सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरुले सस्तो ब्याजमा जग्गा किन्न पनि ऋण पाउने भएका छन् । कोषमा आवद्ध भएका श्रमिकले पाउने ऋण सुविधा पनि दोब्बर बृद्धि भएको छ ।

यसअघि घर निर्माण वा खरीदका लागिमात्रै पाइने गरेको ऋण अब जग्गा किन्न, घर बनाउन वा किन्न, घर मर्मत (वा तला थप्न) र अपार्टमेन्ट किन्न पनि ऋण पाइने भएको छ ।

ऋणको सीमा पनि दोब्बर बढाइएको छ । यसअघि एक जना ऋणीले अधिकतम ७५ लाख रुपैयाँ ऋण पाइने व्यवस्था गरिएको थियो । त्यसलाई संशोधन गरेर बढीमा १ करोड ५० लाख रुपैयाँ ऋण पाइने व्यवस्था गरिएको छ ।

ऋण पाउनका लागि योग्य हुने शर्तमा पनि उत्तिकै धेरै सहजिकरण गरिएको छ । यसअघि ३६ महिनासम्म लगातार कोषमा योगदान गर्ने व्यक्तिले यस्तो ऋण पाउने थियो । अब १८ महिना अर्थात् डेढ वर्षसम्म लगातार योगदान गर्ने (एसएसएफमा पैसा हाल्ने) योगदानकर्ताले घर तथा जग्गा किन्न ऋण पाउने भएका छन् ।

यस्तो ऋण ४५ वर्ष नपुगेका योगदानकर्ताले आफ्नो १५ वर्षको तलब बराबर पाउने छन् ।

गत वैशाख १८ मा संशोधन गरेर कार्यान्वयनमा आएको नयाँ व्यवस्थाका सेवा र शर्तहरु यस्ता छन् :


प्रतिक्रिया दिनुहोस्