मौद्रिक नीति समीक्षा : केही भएन परिवर्तन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मौद्रिक नीति समीक्षा : केही भएन परिवर्तन



काठमाडौँ । नेपाल राष्ट्र बैंकले कुनै पनि तात्विक परिवर्तन नगरीकनै चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा प्रस्तुत गरेको छ ।

शुक्रबार साँझ अबेरगरी प्रकाशित मौद्रिक नीतिको समीक्षामा खासै कुनै पनि परिवर्तन गरिएको छैन ।

यस्तो अवस्थामा ‘ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिने’ भन्दा बाहेक कुनै पनि ठोस योजना यो दस्तावेजमा छैन ।

यो भनेको बैंकहरुले आफूकहाँ थुप्रिएको निक्षेपलाई अहिलेभन्दा सजिलो गरी राष्ट्र बैंकमा लगेर राख्नसक्ने व्यवस्था गर्न खोजिएको हो, त्यसको प्रत्येक्ष लाभ नागरिकले पाउँदैनन् ।


प्रतिक्रिया दिनुहोस्