आज दुवै सदनको बैठक, के छ एजेन्डा ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आज दुवै सदनको बैठक, के छ एजेन्डा ?



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दैछ ।

बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची छ । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा वाग्लेले जवाफ दिनुहुने जनाइएको छ ।

यसैगरी राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १३:१५ बजे बस्दैछ ।


प्रतिक्रिया दिनुहोस्