धितोपत्र बोर्डको अध्यक्षका लागि सर्ट लिस्टमा ४ छनोट, को–को छन् दाबेदार ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको सर्ट लिस्ट तयार भएको छ । धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले ४ जनाको नाम सर्ट लिस्ट गरेको हो ।
बोर्डको अध्यक्ष पदका लागि आवेदन दिने ४७ जनाबाट ४ जनाको नाम सर्ट लिस्ट गरिएको हो ।
सर्ट लिस्टमा पर्नेमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा.गोपाल प्रसाद भट्ट परेका छन् ।
४ जनालाई समितिले जेठ ८ गते छलफलमा बोलाएको हो ।













