नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित परिवारलाई सरकारले २५ हजार दिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित परिवारलाई सरकारले २५ हजार दिने



काठमाडौं । काठमाडौं उपत्यकाका नदी तटीय क्षेत्रमा रहेका जोखिमपूर्ण बस्ती खाली गराउने क्रममा घरबारविहीन भएका नागरिकलाई सरकारले राहत स्वरूप नगद सहयोग गर्ने भएको छ।

मंगलबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आवास गुमाएका त्यस्ता प्रत्येक परिवारलाई पुनर्स्थापनाका लागि एकमुष्ट २५ हजार रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको हो।

सरकारका तर्फबाट बैठकका निर्णयहरू सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले जोखिमयुक्त क्षेत्रका बासिन्दा हटाउँदा मारमा परेका वास्तविक परिवारहरूको पहिचान र विवरण प्रमाणीकरण गरेर मात्रै उक्त रकम बाँडिने जानकारी दिए।

नदी किनारका असुरक्षित ठाउँबाट विस्थापित भएकाहरूलाई नयाँ ठाउँमा व्यवस्थापन हुन सहज होस् भनेर सरकारले यो तत्कालीन राहत प्याकेज ल्याएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्