नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले लिए शपथ, पदभार ग्रहण पनि आजै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले लिए शपथ, पदभार ग्रहण पनि आजै



काठमाडाैं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदको शपथ ग्रहण गरेका छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएलगत्तै नवनियुक्त प्रधानन्यायाधीश शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गाेपनियता सपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहणलगत्तै प्रधानन्यायाधीश डा. शर्माले आजै सर्वोच्च अदालत पुगेर आफ्नो कार्यभार सम्हाल्ने छन्।

न्याय परिषद्ले सिफारिस गरेका ६ जना न्यायाधीशहरूको सूचीमध्येबाट संवैधानिक परिषद्ले सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका डा. शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको हाे ।

न्यायालयमा स्थापित वरिष्ठताको परम्परा र मर्यादा मिचेर चौथो नम्बरका न्यायाधीशलाई शीर्ष पदमा पुर्‍याइएको भन्दै यो नियुक्ति सुरुदेखि नै विवादमा परेको छ।

सर्वोच्चमा सबैभन्दा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल प्रधानन्यायाधीशको मुख्य दाबेदार रहे पनि उनलाई पाखा लगाइएपछि नेपाल बार एसोसिएसन लगायतका कानुनी वृत्तले न्यायालयको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाउँदै सडकमा विरोध गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्