आजपनि संसद् बैठक बस्दै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आजपनि संसद् बैठक बस्दै



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दैछ ।

मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफसमेत दिएका थिए । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्