हिमालयन पावर पार्टनरको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

हिमालयन पावर पार्टनरको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडाैं । हिमालयन पावर पार्टनले बैशाख १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हाे ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।

यस अनुसार कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो। यस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्