महासंघको बरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

महासंघको बरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् । उनले ५६ मत पाएर विजयी भएका हुन् । शुक्रबार भएको निर्वाचनमा वैद्यले रामचन्द्र संघाईलाई पराजित गरेका थिए । संघाईले ३० मत पाए ।

त्यस्तै महासंको कोषाध्यक्षमा भने मनिषलाल प्रधान विजयी भएका छन् । उनले ६१ मत पाउँदा प्रतिद्वन्द्वी अम्बिकाप्रसाद पौडेल २५ मत प्राप्त गरेको महासंघको निर्वाचन समितिले जानकारी दिएको छ।

मनिष आजै विहान महासंघको कार्यकारीणी समितिमा मनोनित भएर उमेदवार बनेका हुन् । वरिष्ठ उपाध्यक्षका दुबै जना उमेदवारहरु भने यसअघि नै पदाधिकारी भइसकेको हैसियतमा सिधै उमेदवारको रुपमा खडा भएका हुन् ।

महासंघको विधानले एक पल्ट पदाधिकारी (अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष) भइसकेको व्यक्ति सोझै बरिष्ठ उपाध्यक्षको उमेदवार बन्नसक्ने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्