आगामी बजेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ईभीको कर बढाउलान् ? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

आगामी बजेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ईभीको कर बढाउलान् ?



काठमाडौं । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट आउन अब मात्र ५ दिन बाँकी रहेको छ । अहिले चोक देखि चिया पसलको गल्लीहरूमा बजेटकै चर्चा चुलिएको छ ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन र त्यसपछि बनेको अन्तरिम सरकार अनि गत फागुन २१ गते भएको आम निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई जनताले दिएको प्रचण्ड बहुमतसँगै बनेको बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार आएको छ ।

यो सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । अबको ५ दिन पछि बालेन नेतृत्वको सरकारले पहिलो बजेट ल्याउँदैछ । आगामी वर्ष आउने बजेटलेमै देशको अर्थतन्त्रको दिसा तय गर्ने भएकाले गर्दा पनि अहिले सबैको चासो बजेटप्रति केन्द्रित भएको अवस्था छ ।

अर्थशास्त्री समेत रहेका आर्थिक मामिलाका विज्ञ डा. स्वर्णिम वाग्ले अहिले देशको अर्थमन्त्री रहेका छन् । आर्थिक विज्ञ वाग्लेले ल्याउने बजेटले विगतको बजेट भन्दा फरक र देशको अर्थतन्त्रलाई एउटा दिसा दिन सक्ने बजेट आउने आसा गरिएको छ ।

अर्थमन्त्री वाग्ले आफैले पनि विगतको भन्दा फरक र रास्वपा सरकारले निर्वाचनमा आफ्नो बाचा पत्रमा समावेश गरेको कुरा बजेटमा आउने भन्ने गरेका छन् । वाग्लेले जनमुखी बजेट आउने भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरूमा भन्ने गरेका छन् ।

अहिले अर्थ मन्त्रालय पुरै बजेट लेखन धमाधम चलिरहेको छ । बजेट बनाउन अर्थमन्त्री वाग्लेदेखि मन्त्रालयका कर्मचारीहरू पनि व्यस्त देखिए छन् । अर्थ मन्त्रालयमा त ढोका बन्द गरेरै आगामी आर्थिक वर्षको बजेट लेखनमा जुटेको छ ।

जति जति बजेटको दिन नजिक बढ्दै गएको छ । त्यति त्यतिनै बजेटको विभिन्न कुराहरू बजारमा हल्ला र चर्चाको विषय बन्दै गाएको । आम सञ्चार माध्यममा पनि बजेटसँग सम्बन्धित विभिन्न कुराहरू अहिले निकैनै चर्चाको विषयमा बेनेको छ ।

अहिले बजारमा कर्मचारीको तलब बढ्ने देखि ईभी गाडीमा लाग्दै आएको कर समेत बढ्नेसम्मको चर्चा हुन थालेको छ । अहिले ईभी गाडी आयातकर्ता र उपभोक्ता पनि बजेटमा ईभी गाडीमा कर बढ्ने हो कि भन्ने भयमा रहेको देखिएको छ ।

अहिले सामाजिक सञ्जाल र गाडीको डिलरहरूमा ईभी गाडीको करको विषयमा निकै चर्चा हुन थालेको छ । अर्थमन्त्रीले वाग्लेले कतै ईभीको कर बढाउने त होइन भन्ने भय एक किसिमले सुरु भएको छ ।

नेपालमा सवारीसाधनलाई विलासिताको बस्तुमा राखिएर अत्यधिक मात्रामा कर लगाउने गरिएको छ । तर ईभी गाडीहरूमा भने कर छुट दिने गरिएको छ । त्यसले गर्दा पेट्रोलियम गाडीको तुलनामा ईभी नेपालमा सस्तो पर्ने गरेको छ ।

यसको फाइदा नेपालले उठाउँदै गएको अवस्था छ । विश्व बजारमै पनि ईभी आयात गर्नेमा नेपाल दोस्रो नम्बरमा परेको छ । हाम्रोमा भएको हरित ऊर्जाले गर्दा पनि ईभी हामीलाई सस्तो पर्ने भएकाले गर्दा पनि अहिले ईभीको माग उच्च रहेको छ ।

यस्तो बेलमा ईभीमा कर बढ्ने कुराले सबैको ध्यान तानेको अवस्था रहेको छ । हुन त हाम्रोमा हरेक बजेटको अगाडि ईभीमा कर बढ्ने भन्दै हल्ला र चर्चा पनि हुने गरेको छ ।

आर्थिक वर्ष २०८०–८१ को बजेटको बेला पनि त्यस्तै एउटा रोचक घटना भएको थियो । अर्थमन्त्री प्रकाशसरण मतले प्रस्तुत गरेको बजेटमा पनि ईभी र गाडीमा कर बढ्ने हल्लाले गर्दा व्यवसायीहरूले बजेट अगाडि ठुलो मात्रामा गाडीहरू आयात गरेका थिए ।

तर, महतले भने करको दरहरू भने केही पनि परिवर्तन गरेनन् । पछि बजेट आएपछि भने व्यवसायीहरू जिल्ल परेका थिए । त्यो बेला अटो व्यवसायी देख्नसाथ मानिसहरू हाँस्ने गरेका थिए । यस्ता हल्लाले गर्दा जहिले पनि व्यवसायीहरूले कर छुटको लागि भनेर ठुलो मात्रामा गाडीहरू ल्याउने गरेका छन् ।

त्यो हल्ला फेरी एक पटक अहिले बजारमा चर्चाको शिखरमा पुगेको छ । अहिले अटो व्यवसायीहरू पनि गाडी आयत गर्ने कि न गर्ने भन्नेमा अन्योलमा हरेका छन् । अहिले ईभी आयत अगाडि गरे फेरी विगतको जस्तै हाँसोको पात्र हुने डर रहेको छ भने आयात नगरे कर बढेको अवस्थामा व्यवसाय चौपट हुने डर पनि व्यवसायीमा हरेको छ ।

ईभीमा करण अर्थमन्त्री वाग्लेले बढाउलान् कि न बढाउलान् भनेर केही बुँदामा एक पटक चर्चा गरौँ ।

रास्वपाको बाँचापत्र
अर्थमन्त्री वाग्लेले केही समय अगाडि नेपालको निजी क्षेत्रको ठुलो संस्था उद्योग वाणिज्य महसंघको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै– बजेट कस्तो आउँछ भनेर धेरै चियो चर्चा नगर्न आग्रह गरेका थिए । वाग्लेले सार्वजनिक रूपमै आफ्नो पार्टीले ल्याएको बाचा पत्र अनुसारै बजेट आउने बताएका थिए ।

रास्वपाको बाचा पत्रमा आगामी एक दशकमा ३०,००० मेगावाट विद्युत् जडित क्षमता हासिल गर्ने लक्ष्य राखेको छ । नयाँ उत्पादनका लागि जलविद्युत्, सौर्य ऊर्जा र पम्प स्टोरेज प्रविधिलाई प्राथमिकता दिएको छ ।

आन्तरिक खपत बढाउन विद्युत् महसुल पुनर्संरचना गर्ने र सन् २०३५ सम्म प्रतिव्यक्ति वार्षिक खपत १५०० किलोवाट आवर पुर्‍याउने लक्ष्य रास्वपाले आफ्नो बाचा पत्रमा गरेको छ ।

यो लक्ष पुरा गर्न ईभी नहुने हो भने त्यो लक्ष पुरा गर्ने गारो पर्ने देखिन्छ । अहिले पनि हाम्रोमा हाइड्रो उत्पादन बढीरहेको छ । बर्खाको बेलामा त बिजुली खेर समेत जाने गरेको छ । अहिले सरकारले ईभीमा कर बढाउँदा सरकारले विद्युत् खपतमा लिएको लक्षमा समेत असर पर्ने देखिन्छ ।

त्यसले गर्दा पनि अहिले सरकारले ईभीमा कर बढाउने सम्भावना कम देखिएको छ ।

आकासिएको तेलको मूल्य
अहिले विश्व परिवेशमा पनि अमेरिका, इजरायल र इरानको युद्धका कारणले गर्दा ई स्टेट अर्फ हर्मोजमा इरानले गरेको नाकाबन्दी कारणले गर्दा तेलको मूल्य आकासिएको छ । त्यसले गर्दा अहिले नेपालमा पनि तेलको मूल्य उच्च हरेको छ ।

नेपाको निर्यातको व्यापार सबै तेल आयतमै सकिने गरेको गरेको छ । त्यसलाई न्यूनीकरण गर्न पनि अहिले सरकारले ईभीमा कर बढ्ने हुँदैन । अहिले ईभी गाडीमा वाग्लेले कर बढाएमा फेरी पेट्रोलियम पदार्थलाई प्रोत्साहन पुग्ने हुन्छ । त्यसले गर्दा अझ थप पेट्रोलियम गाडी आयात भए तेल बढी आयात हुने हुनाले गर्दा पनि वाग्लेले ईभीको मूल्यमा कर बढ्ने सम्भावना कम छ ।

उपभोक्ता
उपभोक्ता पनि अहिले ईभीनै सस्तो पर्ने भएकाले गर्दा त्यसतर्फै आकृषित भएका छन् । ईभी प्रतिकिलो वाडको हिसाबले पनि डिजेल भन्दा सस्तो पर्ने भएकाले गर्दा अहिले उपभोक्ता पनि ईभीमा सिफ्ट भइरहेका छन् ।

अहिले सरकाले ईभीमा कर बढाउने भन्दा पनि बरु अहिले लाग्दै आएको कर नै घटाउनु पर्ने हुन्छ । जसले गर्दा अब कसैले फेरी गाडी किन्नेले ईभीनै किन्छन। त्यसले दुई वटा फाइदा हुन्छ । एक उपभोक्तालाई सस्तो पर्छ भने हाम्रो बिजुली खपत हुने भएकाले गर्दा पेट्रोलियम पदार्थको परनिर्भरता घट्दै जान्छ ।

अहिले वाग्लेले बजेटमा ईभीमा कर बढाएमा उनको विरोध हुने सम्भावना उच्च छ । वाग्लेले पनि आफूले करको दरहरू घटाएर पनि राजश्व बढाउन सकिने भन्दै दिएको अभिव्यक्तिले पनि अहिले उपभोक्ता ईभीको कर घट्छ कि भन्ने मनसायमा समेत देखिएको छन् ।

यस्तो बेलामा वाग्लेले ईभीमा कर बढाएको खण्डामा उनको व्यापक रूपमा आलोचना हुन सक्छ । त्यो रिक्स वाग्ले लिन चाहँदैनन् । त्यसले गर्दा पनि अहिले यही वर्ष ईभीमा लाग्दै आएको कर बढ्ने सम्भावना देखिँदैन ।

जलवायुको मुद्दा
ईभीले वायु प्रर्दुषण पनि न गर्ने भएकाले गर्दा अहिले विश्वभर जलवायु परिवर्तन भइरहेको र त्यसको असरलाई न्यूनीकरण गर्नका लागि भए पनि अहिले ईभीलाईनै प्रोत्साहन गर्नुपर्ने देखिएको छ ।

यो परपक्षमा वाग्लेले ईभीमा कर बढाउने कुरा कुनै हालतमा सुहाउँदो देखिँदैन । त्यसले गर्दा ईभीमा कर रास्वपा सरकारले ल्याएको पहिलो बजेटमा घट्ने सम्भावना कम छ ।

अहिलेको परिस्थिति हेर्दा अर्थमन्त्री वाग्ले ईभीमा कर बढाउने सम्भावना देखिँदैन । अहिले बजारमा चलेका हल्लाको रूपमा मात्र हो । बजेटमा कर बढ्छ वा बढ्दैन त्यो त अबको पाँचौँ दिनको दिन थाहा हुनेनै भयो । अहिले समग्र परितिथिलाई हेरेर भएपनि सरकारले पनि इभिमा कर बढाउनु हुँदैन ।


प्रतिक्रिया दिनुहोस्