१० श्रावण २०८३, आइतबार

कृषि विकास बैंकको सञ्चालक समितिमा भित्रिए सहसचिव टंक प्रसाद पाण्डेय

कृषि विकास बैंकको सञ्चालक समितिमा भित्रिए सहसचिव टंक प्रसाद पाण्डेय



काठमाडौँ । कृषि विकास बैंकको सञ्चालक समितिमा टंक प्रसाद पाण्डेय नियुक्त भएका छन्।

बैंकका निवर्तमान सञ्चालक समिति अध्यक्ष डिम प्रसाद पौडेलले आफ्नो पदबाट दिएको राजीनामा अर्थ मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएसँगै रिक्त स्थानमा अर्थ मन्त्रालयका सहसचिव पाण्डेय बैंकको नयाँ सञ्चालक मनोनीत गरेको हो।

नयाँ सञ्चालक पाण्डेयले जेठ ८ गते नै पद तथा गोपनीयताको शपथ लिई आफ्नो कार्यभार सुरु गरिसकेका छन्।