हुन्डी निरुत्साहित गर्न र रेमिटेन्स बढाउन विशेष लट्री योजना सञ्चालन गरिने
काठमाडौं । सरकारले वैधानिक र औपचारिक माध्यम (बैंकिङ च्यानल) बाट देशमा रेमिटेन्स भित्र्याउन वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विशेष प्रोत्साहन कार्यक्रम घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो नवीन योजना ल्याएका हुन्।
हुन्डी जस्ता अवैध माध्यमलाई निरुत्साहित गर्दै औपचारिक च्यानलबाट आउने रेमिटेन्सलाई प्रोत्साहन गर्न सरकारले ‘लट्री’ (चिट्ठा) कार्यक्रम सञ्चालन गर्ने उनले बताए।
बजेट भाषणका क्रममा अर्थमन्त्री डा. वाग्लेले बैंकिङ च्यानलमार्फत आप्रवाह भएको रेमिटेन्सको रिसिप्ट (रसिद) का आधारमा यस्तो चिट्ठा कार्यक्रम सञ्चालन गरिने घोषणा गरे।













