एकैदिन २० हजार ५०० रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो, कति नाघ्याे ताेलाकाे ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एकैदिन २० हजार ५०० रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो, कति नाघ्याे ताेलाकाे ?



काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा एकैदिन प्रतितोला २० हजार ५०० रुपैयाँको कीर्तिमानी वृद्धि भएको हो।

यस वृद्धिसँगै आज छापावाल सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि गत शुक्रबार बजार बन्द हुँदा सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि ठुलो वृद्धि देखिएको छ। आइतबार चाँदी प्रतितोला ३०५ रुपैयाँले बढेर पाँच हजार ३४५ रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्