१० श्रावण २०८३, आइतबार

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त

राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त



काठमाडाैं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा कामु निर्देशक सुधा श्रेष्ठ नियुक्त भएकी छन्।

बैंकले उनलाई २०८३ जेठ १८ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी तोकेको हो।

यसअघि सो पदमा कार्यरत निर्देशक सुमन नेउपाने एक वर्षभन्दा बढीको कार्यकाल पूरा गरी राष्ट्र बैंकको विराटनगर कार्यालय प्रमुखका रूपमा सरुवा भएका छन्।