सन् २०२६ मा एक्सपेङको विश्वव्यापी प्रदर्शन उल्लेखनीय: ७ देशहरूमा नम्बर १ उदाउँदो चिनियाँ इलेक्ट्रिक गाडीको ब्रान्ड बन्न सफल
सन् २०२६ मा एक्सपेङको विश्वव्यापी प्रदर्शन उल्लेखनीय: ७ देशहरूमा नम्बर १ उदाउँदो चिनियाँ इलेक्ट्रिक गाडीको ब्रान्ड बन्न सफल
एक्सपेङको विश्वव्यापी क्यु वान २०२६ प्रदर्शन उल्लेखनीय, ७ प्रमुख देशमा नम्बर वान इमर्जिङ चाइनिज ईभी ब्रान्ड बन्न सफल
अत्याधुनिक प्रविधिद्वारा संचालित एक्सपेङले सन् २०२६ को पहिलो त्रैमासिकमा विश्वव्यापी रूपमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
एक्सपेङले ७ प्रमुख देशहरूमा इमर्जिङ चाइनिज ईभी ब्रान्ड अन्तर्गत बिक्रीमा नम्बर १ पद हासिल गर्दै विश्व विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति अझ मजबुत बनाएको छ ।
यस सफलताको अग्रभागमा रहेको एक्सपेङ जी ६ ले स्मार्ट परफर्मेन्स, प्रिमियम कम्फर्ट तथा भविष्य केन्द्रित डिजाइनले विद्युतीय मोबिलिटीलाई नयाँ परिभाषा दिइरहेको छ । एक्सपेङको प्रयोगकर्ता–केन्द्रित इन्जिनियरिङप्रतिको प्रतिबद्धताले विश्वभर दिगो मोबिलिटीतर्फको परिवर्तनलाई अझ गति दिइरहेको छ ।
एक्सपेङ नेपालले नोभेम्बर ९, २०२४ मा आफ्नो काठमाडौं शोरुममा एक्सपेङ जी ६ सार्वजनिक गरेको थियो। सोही दिन कम्पनीले २५ वटा गाडी ग्राहकलाई हस्तान्तरण गर्दै नेपाली बजारमा स्मार्ट इभीप्रति बढ्दो रुचि देखाएको थियो। नेपालमा ईभी को माग बढ्दै जाँदा, एक्सपेङ नेपालले नयाँ प्रविधि र राम्रो ग्राहक सेवामार्फत स्मार्ट र दिगो यातायातलाई अघि बढाउने लक्ष्य राखेको छ ।













