१० श्रावण २०८३, आइतबार

महानगरले सार्बजनिक यातायातमा बिध्युतिय सवारीको प्रयोग बिस्तार, १२ वटा बिद्युतीय बस सन्चालनमा

महानगरले सार्बजनिक यातायातमा बिध्युतिय सवारीको प्रयोग बिस्तार, १२ वटा बिद्युतीय बस सन्चालनमा



काठमान्डौ। महानगरले सार्बजनिक यातायातमा बिध्युतिय सवारीको प्रयोग बिस्तार गर्ने उद्देश्यले गत बुधबारबाट १२ वटा बिद्युतीय बस सन्चालनमा ल्याएको छ।

बुधबारदेखि सन्चालनमा आएको बसमा ३३ सिट र उभिएर यात्रा गर्ने यात्रु सहित ७० जनासम्म यात्रा गर्नसकिने कम्पनीले दाबी गरेको छ।
चीनबाट आयात गरिएको उक्त बसहरुमा १४४ क्षमताको ब्याट्री, जसलाई एकपटकको चार्जमा करिब २०० किलोमिटर सम्मको दुरी तय गर्नसकिने कम्पनीले जनाएको छ। प्रत्येक बसको मुल्य १ करोड ३१ लाख ९० हजार नेपाली रुपैँया पर्ने जनाइएको छ।

बस शुभारम्भ कार्यक्रममा कम्पनीका सचिब केशब नेपालले बातावरणमैत्री र सार्वजनिक पथमा बिद्युत तथा आधुनिक सबारीसाधनको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै अझ थप बिध्युतीय सबारी सन्चालनमा ल्याउने योजना रहेको बताएका छन्।