राहदानी खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशकसहित तीन जना पक्राउ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

राहदानी खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशकसहित तीन जना पक्राउ



काठमाडौं । राहदानी खरिदसम्बन्धी प्रकरणको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

आयोगसम्बद्ध स्रोतका अनुसार अनुसन्धानको क्रममा उनलाई पक्राउ गरिएको हो। सो प्रकरणमा व्यवसायी सिद्धार्थ थापा पनि जोडिएको बताइएको छ।

यसै घटनासँग सम्बन्धित थप एक जना व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ। पक्राउ परेकाहरूलाई हाल सुरक्षा निगरानीमा राखी अनुसन्धान अघि बढाइएको छ।


प्रतिक्रिया दिनुहोस्