कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण



काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकको निर्णयानुसार यस वर्षको कक्षा १२ को परीक्षाफल सार्वजनिक गरिएको छ।

गत वैशाख १४ गतेदेखि सञ्चालन भएको उक्त परीक्षामा देशभरबाट कुल ४ लाख १८ हजार १७० जना परीक्षार्थीहरू सहभागी भएका थिए, जसमध्ये ६४.१३ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण हुन सफल भएका छन्।

यसैबीच, परीक्षालाई मर्यादित बनाउने प्रयास अन्तर्गत बोर्डले नियम विपरीत कार्य गर्ने ४० जना परीक्षार्थीहरूको परीक्षा रद्द गरेको छ। परीक्षा रद्द हुनेहरूमा नियमिततर्फका ३० जना र आंशिकतर्फका १० जना परीक्षार्थी रहेका छन्।


प्रतिक्रिया दिनुहोस्