हिमालयन इन्भेष्टमेन्ट बैंकरको नवनियुक्त प्रमुख कार्यकारी अधिकृतद्वारा पदभार ग्रहण - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमालयन इन्भेष्टमेन्ट बैंकरको नवनियुक्त प्रमुख कार्यकारी अधिकृतद्वारा पदभार ग्रहण



काठमाडौं। हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड प्रमुख कार्यकारी अधिकृतको रूपमा शैलेश सुवेदीले पदभार सम्हालेका छन्।

पूँजी बजार, क्रेडिट रेटिङ, प्राइभेट इक्विटी, जोखिम मूल्याङ्कनलगायत वित्तीय क्षेत्रमा लामो अनुभव, नेतृत्व क्षमता तथा व्यावसायिक दक्षता भएका सुवेदीको नियुक्तिले कम्पनीको संस्थागत विकास, सेवा विस्तार, सुशासन प्रवर्द्धन तथा लगानीकर्तामैत्री सेवाको अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास कम्पनीले लिएको छ।

हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले सामूहिक लगानी कोष व्यवस्थापन, निक्षेप सदस्य सेवा, शेयर रजिस्ट्रार सेवालगायत मर्चेन्ट बैंकिङ सेवामार्फत पूँजी बजारको विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

कम्पनीले आगामी दिनहरूमा पनि नवीन, विश्वसनीय तथा गुणस्तरीय सेवा प्रदान गर्दै लगानीकर्ता तथा सरोकारवालाहरूको विश्वासलाई थप सुदृढ बनाउने प्रतिबद्धतासाथ सेवा प्रवाह गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्