आज र भोलि दुई दिन राहदानीसम्बन्धी सेवा अवरुद्ध - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आज र भोलि दुई दिन राहदानीसम्बन्धी सेवा अवरुद्ध



काठमाडौँ । राहदानी विभागले आफ्नो सेवा प्रणाली स्तरोन्नति गर्दै नयाँ प्रविधिमा रूपान्तरण गर्न लागेकाले आजदेखि लगातार दुई दिन राहदानीसम्बन्धी सेवा स्थगित हुने भएको छ।

विभागका अनुसार अहिले प्रयोगमा रहेको प्रणालीलाई नयाँ प्रणालीसँग एकीकृत गर्ने (माइग्रेसन) प्रक्रिया सञ्चालन गरिने भएकाले आज र भोलि राहदानीका नियमित सेवा उपलब्ध हुने छैनन्। यसअघि विभागले असार १९ गते सूचना प्रकाशित गर्दै प्रणाली परिवर्तनका कारण दुई दिन सेवा प्रभावित हुने जानकारी गराएको थियो।

यद्यपि, यस अवधिमा राहदानी वितरण कार्य भने निरन्तर सञ्चालन हुने विभागले स्पष्ट पारेको छ। मोबाइलमा राहदानी तयार भएको तथा संकलन गर्न आउनुपर्ने एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा उपस्थित भई आफ्नो राहदानी बुझ्न सक्ने व्यवस्था यथावत् रहने विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्