स्वदेशी जुत्ता उद्योग प्रवर्द्धनमा नीतिगत सहयोग गर्ने बालेनको प्रतिबद्धता - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

स्वदेशी जुत्ता उद्योग प्रवर्द्धनमा नीतिगत सहयोग गर्ने बालेनको प्रतिबद्धता



काठमाडौं। प्रधानमन्त्री बालेन्द्र साहले आज फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी र सदस्यसँग छलफल गरेका छन्। छलफलमा प्रधानमन्त्री साहले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेँ । त्यसैगरि तीनै तहको सरकारको समन्वयमा सिपमूलक तालिम सञ्चालन गरी स्वदेशी उत्पादनको बजारीकरणमा विशेष जोड दिइने बताएका छन्।

छलफलका क्रममा उद्योगीहरूले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरीपैठारी नियन्त्रण गर्न, कर तथा भ्याटको दायराबाहिर रहेका अन्तर्राष्ट्रिय र स्वदेशी ब्रान्डलाई कानुनी दायरामा ल्याउन तथा गुणस्तरहीन र सस्तो जुत्ताचप्पलको आयातमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराए। साथै, आयातित जुत्ताचप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न पनि उनीहरूले माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्