वार्षिकोत्सवका अवसरमा सलिको इन्स्योरेन्सद्वारा वृद्ध तथा अशक्त व्यक्तिहरूलाई भोजन वितरण - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

वार्षिकोत्सवका अवसरमा सलिको इन्स्योरेन्सद्वारा वृद्ध तथा अशक्त व्यक्तिहरूलाई भोजन वितरण



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले वार्षिकोत्सवको अवसरमा वृद्ध तथा अशक्त व्यक्तिहरूलाई भोजन वितरण गरेकाे छ।

आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले विराटनगर–पोखरियास्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका वृद्ध तथा अशक्त व्यक्तिलाई भोजन गराएकाे हाे ।

उक्त अवसरमा आश्रममा रहेका ७१ जनालाई भोजनकाे व्यवस्था गरेकाे हाे । कम्पनीले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा यस्ता सामाजिक उत्तरदायित्वअन्तर्गतका मानवीय सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्